सुनको मूल्य घट्यो , आजको मूल्य यस्तो छ

सुनको मूल्य घट्यो , आजको मूल्य यस्तो छ

नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो ।

शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २ सय रुपैयाँ थियो ।

छापावाल सुनको मूल्य घटेसँगै तेजाबी सुनको मूल्य पनि घटेको छ । तेजाबी सुन शुक्रबारको मूल्यभन्दा प्रतितोला १२ सय रुपैयाँले नै घटेर प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य घट्दा आज (आइतबार) चाँदी प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्