आज साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीकै भाउ स्थिर

आज साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीकै भाउ स्थिर

काठमाडौं फागुन १९। आज साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीकै भाउ स्थिर भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबार  प्रतितोला ७८ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।  त्यसैगरी आईतबार प्रतितोला ७७ हजार ७ सय रुपैंयामा कारोवार भएको तेजाबी सुन पनि आज सोही मूल्य यथावत् रहेको महासंघले जनाए ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि स्थिर भएर आईतबार  प्रतितोला ८ सय ६० रुपैंयामा बिक्रीबितरण  भएकाे  चाँदी आज पनि सोही मूल्य यथावत् रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्