कोरोना भाईरसको रिपोर्ट ’नेगेटिभ’ आएपछि १सय ७५ जना नेपाली घर फर्किए

कोरोना भाईरसको रिपोर्ट ’नेगेटिभ’ आएपछि १सय ७५ जना नेपाली घर फर्किए

काठमान्डौ । चीनको कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका नेपालीहरु १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् ।

चीनको वुहानबाट १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा राखिएको थियो । सोमबार ४ बजेतिर स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो ।

क्वारेन्टाइनबाट छुटेकाहरु सबैलाई पाँचवटा बसले घर नजिकै छाड्ने व्यवस्था मिलाइएको छ । तर सरकारले क्वारेन्टाइनमै बस्न चाहनेहरुका लागि भने फेरि बस्न मिल्ने व्यवस्था गरेको छ । क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य निगरानीमा खटिएका डा गौरब पोखरेलले चीनबाट असुरक्षित महसुश भए पनि नेपाल सरकारले राम्रो व्यवस्था गरेकाले सुरक्षित महसुश भएको प्रतिक्रिया दिएका थिए । साथै यहाँको अनुभवले अन्य क्षेत्रमा खटाए पनि काम गर्न सहज हुने उनको भनाइ थियो ।

चिकित्सकले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट सार्वजनिक गरेपछि सबैजना आफ्ना परिवारका सदस्य तथा आफन्तहरुको साथ रमाउँदै घर फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्