नेपालमा कोरोना भाइरस संक्रमित सुन्य

नेपालमा कोरोना भाइरस संक्रमित सुन्य

काठमाडौं । नेपालमा एकजना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । ती संक्रमित चीनबाट फर्किएका थिए । उनको चिकित्सकको विशेष निगरानीमा उपचार भएर संक्रमणमुक्त भई घर फर्किए ।
स्वास्थ्य सेवा विभागको तथ्यांकमा पछिल्लो समय नेपालमा कसैमा पनि कोरोना भाइरस संक्रमित छैनन् । बेला बेलामा भाइरसको आशंकामा अस्पताल भर्ना हुनेहरु छन् । तर, सबैको परीक्षणबाट नेगेटिभ परिणाम आयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारजना विरामी भर्ना भए । उनीहरुको कोरोना भाइरसको आशंका गरिएको थियो । तर, रिपोर्ट नेगेटिभ आयो ।

यसअघि पनि कोरोनाको आशंकामा मानिसहरु परीक्षणका लागि पुगेका थिए । तर, कसैमा पनि रिपोर्ट पोजेटिभ आएन । चीनबाट ल्याइएका नेपालीहरुलाई पनि विशेष निगरानीमा राखी पटक पटक टेष्टका क्रममा नेगेटिभ देखिएपछि नै घर पठाइएको छ ।
नेपालमा कोरोना भाइरसका कुनैपनि विरामी नरहेपनि रोगको जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ । कोरोना भाइरसको बढी संक्रमण भएका देशबाट मानिसको आवतजावत नरोकिनुले संक्रमण फैलिने खतरा रहेको बताउँछन् डा. सुन्दरमणि दिक्षित । सरकारले आवागमनमा रोक लगाउनुपर्नेमा ढिलाई गरेको उनको भनाई छ ।
रोग लागेको देशमा समेत नेपाली पुगिरहेका छन् । जापानमा सित्तैमा जान पाएको अवसर छोप्न २१ जना सरकारी अधिकारीसहितका व्यक्ति सोमबार उडे । उनीहरु उडेकै दिन सर्वोच्च अदालतले कोरोना संक्रमित देशमा उडान रोक्न र आवागमन बन्द गर्न आदेश जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्