कोरोनाको संक्रमणबाट जोगिन ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला

कोरोनाको संक्रमणबाट जोगिन ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला

काठमाडौं । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘२३ जना भर्ना हुनुभएको थियो । त्यसमध्ये एक जनामा पोजिटिभ देखिएको छ । १८ जनामा नेगेटिभ देखियो । बाँकीको रिपोर्ट आउँदैछ ।’


कोरोनाको लक्षण देखिए त्यहीअनुसार उपचार गर्ने गरिएको सुनाउँदै उनले टेकु अस्पतालमा अहिले ४० बेड क्वारेन्टाईन बेड र ५ आईसोलेशन बेड बनाईएको र त्यस्तो लक्षण देखिएकाहरुलाई १४ दिन राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए । कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहीँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले स्पष्ट पारे । यसबाट मृत्यु हुने दर एक सयमा २ देखि ३ मात्रै रहेको बास्तोलाले बताए । उनले नेपालमा यो रोग कम्युनिटीमा स्थापित् नभएको स्पष्ट पारे । उनले भने,‘अहिलेसम्म त्यस्तो परिणाम देखिएको छैन् । कोरोना भाईरस लाग्नेबित्तिकै मान्छे मर्दैन् ।’ अहिले मौसमी रुघाखोकीको समय भएकोले सजकता अपनाउनपनि उनले आग्रह गरेका छन् । उनले साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउनको लागि पनि सुझाएका छन् ।

उनले अहिले आँत्तिहाल्नुपर्ने वा डराउनुपर्ने अवस्था भने नरहेको विश्वास दिलाए। तर, नेपाल पूर्ण सुरक्षित छ भनेर बस्न नहुने पनि तर्क गरे । उनले यो वर्षको होली सकभर ठूलो भीडमा गएर नखेल्नको लागि पनि अनुरोध गरे । बास्तोलाले आईलोसशन वार्डको लागि टिम नै सक्रिय भएर काम गरिरहेको सुनाए । आजसम्मको अवस्था हेर्दा पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट आगामी १० देखि १५ दिनसम्म पुग्नेपनि उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्