सुन अहिले इतिहासकै महँगो, आजको भाउ यस्तो छ

सुन अहिले इतिहासकै महँगो, आजको भाउ यस्तो छ

काठमाडौ, फागुन २१ गते ।

नेपाली बजारमा सुनले नयाँ मूल्य कायम गरेको छ । बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि तोलाको ८० हजार तीन सयसम्म पुगेर रेकर्ड बनाएको सुनको बुधबारको मूल्य भने ८० हजार पाँच सय रहेको सुन चाँदी व्यवसायी महासंघको आधिकारिक वेभ साइडमा उल्लेख छ ।

मंगलबारभन्दा बुधबार सुन तोलामा एकैदिन दुई हजार दुई सयले बढेको हो । मंगलबार तोलाको ७८ हजार ३ सयमा कारोबार भएको थियो। तर, आज (बुधबार) तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको छ । सुन अहिले इतिहासकै महँगो भएको छ । सुन कोरोना भाइरसका कारण निरन्तर बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्