एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष अफर ल्याएको छ ।
फागुन २५ गते नारी दिवसका दिनमा बैंकको मोबाइल बैंकिङबाट कारोबार गर्दा १०० महिलाले १०० प्रतिशत वा १० हजार सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ ।
बैंकका महिला ग्राहकले मोबाइल बैंक एपबाट मोबाइल रिचार्ज, बिजुलीको महसुल, हवाई टिकट खरिद, क्यु आर पेमेन्टलगायत भुक्तानी गर्दा यो योजना लागू हुने बैंकले जनाएको छ ।