गृह मन्त्रालयबाट आयो, यस्तो विज्ञप्ति विगतको जस्तो ‘होली पर्व’ नमनाउ

<span class='c1'>गृह मन्त्रालयबाट आयो, यस्तो विज्ञप्ति</span> <span class='c2'>विगतको जस्तो ‘होली पर्व’ नमनाउ</span>

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ख्याल गर्दै होली (फागु) पर्वलाई विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ।

होलीमा विगतमा जस्तै भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरिरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु र नगराउनुहुन आम दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ’, गृह मन्त्रालयका सह प्रवक्ता केदारनाथ शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।
देशको सीमा नाका र अन्तर्रा्ष्ट्रिय आवतजावत केन्द्रहरुमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानी, अस्पतालको पूर्व तयारी लगायत यसको रोकथामका लागि गरिने विविध गतिविधिहरू नेपाल सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति..

उसले कोभिड(१९ का सम्बन्धमा हाल फैलिएको भन्ने अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुनैपनि प्रकारको हतार नगर्न, कहिँकतै कालोबजारी, मूल्यवृद्धि र कृत्रिम अभाव भए गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न अपिल गरेको छ।

’आम नागरिकको समन्वय, सहयोग, संलग्नतामा कोभिड(१९ को संक्रमणलाई नेपाल प्रवेशमा रोकथाम गर्न सकिन्छ र नेपाल सरकार यसको रोकथामका लागि हरेक उपायको अवलम्बन गर्न प्रतिबद्ध रहेको छ’, विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्