सुनको भाउ सामान्य घट्यो, चाँदी स्थिर

सुनको भाउ सामान्य घट्यो, चाँदी स्थिर

नयाँ रेकर्ड कायम गर्दै आएको सुनको भाउ बुधबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि छापावाला सुन तोलाको ८२ हजार ३ सय कायम गरेको छ । मंगलबार तोलाको ८२ हजार ७ सयमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । आइतबार तोलाको ८२ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ४ सयले घटेर ८२ हजार कायम भएको महासंघले जनाएको छ । मंगलबार तोलाको ८२ हजार ४ सयमा कारोबार भएको तेजाबी सुन आज बुधबार ८२ हजारमा झरेको महासंघले जनाएको छ ।

चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको भाउ तोलाको ८ सय ८० स्थिर रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १६ सय ६४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्