कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रलाई मोदीले गरेको प्रस्तावमा पाकिस्तान पनि सहभागी हुने

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रलाई मोदीले गरेको प्रस्तावमा पाकिस्तान पनि सहभागी हुने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरूलाई एकजुट हुन गरेको प्रस्तावमा पाकिस्तान समेत सहभागी हुने भएको छ । गएराति सामाजिक सञ्जाल ट्वीटरमार्फत् पाकिस्तानी विदेश मन्त्रालयले मोदीको प्रस्तावमा सहभागी हुने जनाएको हो । उक्त प्रस्तावमा मोदीले सबै सार्क राष्ट्रलाई भिडियो कन्फेरेन्समार्फत छलफल गर्ने बताउनुभएको थियो ।


सोही प्रस्तावमा नेपाल, बंगलादेश, भूटान, माल्दिभ्स, अफगानिस्तान र श्रीलंकालगायतकाले मोदीको प्रस्तावको स्वागत गरेका थिए र कन्फेरेन्सको पर्खाइमा रहेको प्रतिक्रिया दिएका थिए । तर, पाकिस्तानले भने उक्त भिडियो कन्फेरेन्समा प्रधानमन्त्री नभई प्रधानमन्त्रीका विशेष सहयोगी सहभागी हुने जनाएको छ ।
यस्तै, भाइरसविरुद्ध लड्न सार्क मात्र नभई सिंगो विश्व नै एक हुनुपर्ने समेत पाकिस्तानले जनाएको छ । कारोना संक्रमणले आफ्नो मुलुकमा दुई जनाको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री मोदीले क्षेत्रीय संगठनको सक्रियता खोज्नुभएको हो ।

पाकिस्तानले सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै भारतले त्यो नरोकिएसम्म सार्क अघि बढ्न नसक्ने बताउँदै आएको थियो । सार्कको १८औं शिखर सम्मेलन भने सन् २०१४ मा नेपालमा सम्पन्न भएको थियो । त्यसपछि सो सम्मेलन हुनै सकेको छैन । भारत र पाकिस्तानको चिसो सम्बन्धकै कारण चार वर्षअघि इस्लामावादमा हुने भनिएको १९औं शिखर सम्मेलन हुन नसक्दा त्यसयता सार्क निस्क्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्