ओखलढुंगामा शिक्षिका हत्या आरोपमा श्रीमान– श्रीमती पक्राउ

ओखलढुंगामा शिक्षिका हत्या आरोपमा श्रीमान– श्रीमती पक्राउ

ओखलढुंगा । ओखलढुंगामा शिक्षिका हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमती २३ वर्षीया कमला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउँदा शिक्षिकाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।
गत मंगलबार बिहान साढे ८ बजे विद्यालय हिँडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन् । उनीहरूविरुद्ध ओखलढुंगा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ । रम्तेलकी श्रीमती कमला मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा माइत बस्दै आएकी थिइन् । श्रीमतीलाई लिन गएका रम्तेल र श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन जाँदा शिक्षिका कार्कीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रविराजले कार्कीको हत्या गरेको स्वीकारेका छन् ।
मृतक शिक्षिका कार्की सोही गाउँपालिकाको वडा नं. ६ श्रीचौरमा रहेको शहीद पेशल आधारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रूपमा कार्यरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्