लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर । झापाको भद्रपुर नगरपालिका– ५ बाट प्रतित्रन्धित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । शनिवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(८ का ३८ बर्षीय बम बहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्