एनआईसी एसियाद्वारा झापाका एक खातावालालाई उपचार वापत १५ लाखको बिमा रकम भुक्तान

एनआईसी एसियाद्वारा झापाका एक खातावालालाई उपचार वापत १५ लाखको बिमा रकम भुक्तान

एनआईसी एसिया बैंक लिमिटेड बिर्तामोड शाखा प्रदेश १ ले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार वापत १५ लाख रुपैंयाको बिमा रकम भुक्तानी गरेको छ ।

मंगलबार दमकको सिद्धि मार्केटमा रहेको शाखामा एक कार्यक्रमको आयोजना गर्दै झापा बिर्तामोडका खातावाला महेश अग्रवाललाई १५ लाखको चेक हस्तान्तरण गरिएको हो । अग्रवाललाई एनआईसी एसिया बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले १५ लाखको चेक हस्तान्तरण गरेका हुन् । अग्रवालको भारतस्थित मेदान्त अस्पातालमा मुटुको ओपन हार्ट सर्जरी गरेका छन् ।

अग्रवालले एनआईसी एसिया बैङ लिमिटेडको चन्द्रगढी शाखामा सुपर चमत्कारीक डायमण्ड खाता खोलेका थिए । उनलाई उपचारमा लागेको खर्च बापत सो रकम हस्तान्तरण गरिएको हो । चेक बुझदै अग्रवालले एनआईसी एसिया बैंकका कारण आफुलाई धेरै राहत भएको प्रतिक्रिया दिए । सहायक प्रमुख कार्यकारी अधिकृत राठीका अनुसार अहिलेसम्म देशका १ सय २७ भन्दा बढी ग्राहकहरुले बीमा बापत रु ८७ लाख भन्दा बढी रकम प्राप्त गरेका छन् ।

बैंकले अहिले तीन किसिमका बीमा सुविधाहरु समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । जसबाट ग्राहकहरुले रु २१ लाख बराबरको सुविधा लिन पाउने बैंकले जनाएको छ ।

सो सुविधा अन्तरर्गत खातावालाहरुको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त भएमा १० लाखसम्म , १८ घातक रोगहरुका लागि १० लाख र १ लाख सम्मको औषधी बीमा उपलब्ध गराइने बैंकले जनाएको छ । मुलुकभर ३१९ शाखा ,४५० एटिएम ,१०६ वटा एक्स्टेनसन काउण्टर तथा ५२ वटा शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको बैकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए । हाल बैंंकका देशभर २१ लाख ग्राहकहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्