आज सुनको भाउ घट्यो , यस्तो छ आजको मूल्य

आज सुनको भाउ घट्यो , यस्तो छ आजको मूल्य

काठमाडौं ।  सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ ।बिहीबार सुन प्रतितोला ७५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि हिजो (बुधबार) सुन प्रतितोला  ७६ हजार ५ सयमा कारोबार भएको थियो ।आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको थियो ।

मंगलबार सुन ७५ हजार ५ सयमा कारोबार भएको थियो । यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ ।

चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घट्दै प्रतितोला ६८० रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना भाइरसको प्रभावका कारण सुनको मूल्य घटबढ भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्