ईसेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्‍ने

ईसेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्‍ने

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ ।

ईसेवाले अप्रिल ३० सम्मका लागी लागु हुने गरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । ईसेवामार्फत ईसेवा खातामै (पि टु पी ट्रान्स्फर) गर्दा यसअघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएको बताए । इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्