ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा आजदेखि ज्वोरो नाप्न हेल्थ डेस्क शुरु

ओबी समाचार प्रभाव : विराटनगर बसपार्कमा आजदेखि ज्वोरो नाप्न हेल्थ डेस्क शुरु

विराटनगर चैत्र ९ ।

विराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको छ । सबैभन्दा बढी भिडभाड हुने बिराटनगर बसपार्कमा आजदेखि हेल्थ डेस्क राखिएको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले जानकारी दिनुभयो । जोगवनीबाट नेपाल प्रबेश गरेर बिभिन्न ठाउँमा पुग्नको लागि यो बसपार्क प्रयोग हुने भएकोले बसपार्कमा हेल्थ डेस्क राखिएको हो । विराटनगर बसपार्कमा हेल्थ डेक्स नभएको भनि केहि दिन अगाडी आवर विराटनगरले समाचार सम्प्रेषण गरेको थियो ।

हेल्थ डेस्कमा कोरोनाबाट बच्ने उपाय सहितको सचेतना मुलक सामाग्रीहरु समेत राखिनेर हात धोएर मात्र सवारी साधन प्रयोग गर्न पनि सोही डेस्कबाट जानकारी दिईने महानगरपालिकाले जनाएको छ । बसपार्कमा नियमित हात धुनको लागि दुईवटा टंकीमा ६ वटा धारा जडान गरिएको छ । बिराटनगर बसपार्कबाट दैनिक ४ सयको हाराहारीमा बसहरु देशका धेरै ठाउँमा छुट्ने गरेको भएपनि अहिले त्यो संख्या घटेर १ सय ५० वटामा झारेको बसपार्क ब्यवस्थापन समितिका सदस्य तथा यातायात ब्यवसायी उत्तम चौलागाईले जानकारी दिनुभयो । यही दरले यात्रु र सवारीको चाप घट्ने हो भने अबको एकदुई दिनदेखि बसपार्क रित्तै हुनसक्ने बताउनुभयो । बसपार्कमा सर्बसाधारणको उपस्थिती नगन्य मात्रामा देखिन थालेको तथा बसपार्कमा आउने बसहरुको संख्या पनि घटेको बसपार्क ब्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष पदम श्रेष्ठले बसपार्कमा कोरोना सम्बन्धी सचेतना बढाईएको मात्र नभई ब्यवसायीहरुसँग पनि नियमित यसको सुरक्षाको उपायकोको बारेमा पनि छलफल हुने गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्