एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ्ग सेवा निःशुल्क

एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ्ग सेवा निःशुल्क

काठमाडौं । एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवा निःशुल्क गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले बैंकले यस्तो व्यवस्था गरेको हो ।

बैंकले भनेको छ, “कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ ।” बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै ग्राहकलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवा अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको जानकारी गराएको हो ।

केके निशुल्क ?
मोबाईल बैंकिङ्गः दर्ता शुल्क, अन्तरबैंक कारोबार, क्यूआर मर्चेन्ट भुक्तानी, विद्युत महसुलको भुक्तानी, खानेपानी महसुलको भुक्तानी, हवाईजहाजको टिकट खरिद, स्कुल फि, इन्टरनेट शुल्कको भुक्तानी, पिन रिजेनेरेसन शुल्क, बीमा प्रिमियम भुक्तानी, डेबिट कार्डः दर्ता शुल्क, एन आई सी बैंकको एटिएमबाट रकम निकाल्न तथा मौज्दात जाँच गर्न, अन्य बैंकको एटिएम प्रयोग गरि रकम निकाल्न तथा मौज्दात जाँच गर्न, पीओएस कारोबार शुल्क, पिन रिजेनेरेसन शुल्क, ईकमर्स सञ्चालन शुल्क, ईकमर्स कारोबार शुल्क, इन्टरनेट बैंकिङ्गः दर्ता शुल्क, अन्तरबैंक कारोबार, पिन रिजेनेरेसन शुल्क, अन्यः मिस्डकल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, च्याटबट, आईभीआर सेवा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्