विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई एक दम्पतीले माक्स वितरण गरेका छन् ।
समाजवादी पार्टी नेपालको केन्द्रीय सस्दय तथा युवा व्यावसायी तेजलाल कर्ण र विद्या कुमारी कर्णले मोरङ प्रहरीलाई १ हजार २ सय थान माक्स र सेनिटाइजर वितरण गरेका हुन् ।
जनताको सुरक्षाको लागि अवरात रूपमा खटिने प्रहरीको सुरक्षाको लागि माक्स र सेनिटाइजर वितरण गरिएको समाजवादी पार्टीका केन्द्रीय सदस्य तेजलाल कर्णले जानकारी दिनुभयो । ‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ ।
त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स वितरण गरिएको हो,’ मजदुर नेता समेत रहनुभएको नेता कर्णले भन्नुभयो । जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न माक्स प्रहरीको लागि माक्स अपरिहार्य रहेको बताउनुभयो ।
प्रहरीको लागि वितरण गरिएको माक्स संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मजदुर नेता समेत रहनुभएको कर्ण र विद्या कुमारी कर्णले मोरङ प्रहरीका प्रमुख एसपी अधिकारीलाई माक्स वितरण गर्नुभएको थियो ।