लकडाउन :विराटनगरको गुद्रीमा भिड हटाउन प्रहरीको बल प्रयोग, स्थानीय भने आक्रोशित

लकडाउन :विराटनगरको गुद्रीमा भिड हटाउन प्रहरीको बल प्रयोग, स्थानीय भने आक्रोशित

देशैभर आजदेखि लकडाउन भएको छ । लकडाउनले विराटनगर पनि ठप्प नै रहेको छ । ठाउँठाउँमा प्रहरी तैनाथ गरेर भिड नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

यता, विराटनगरको गुद्री बजारमा विहानै प्रहरी पुगेर तरकारी  व्यापारीलाई हटाउन बल प्रयोग गरेको छ । प्रहरीले भिड देखियो भनेर गुद्रीमा रहेका व्यापारीलाई लाठी समेत प्रहार गरेको आरोप स्थानीयको छ ।

लाठी प्रहार गर्ने क्रममा स्थानीयबासीलाई समेत प्रहरीले दुर्ववहार सहित लाठी प्रहार गरेको भनेर स्थानीय भने आक्रोशित बनेका थिए । गुद्री बजारसंगै घर भएका दिपेन मरिकलाई समेत प्रहरीले गाली गर्दै लाठी प्रहार गरेको साथै अन्य महिला समेतलाई दुर्ववहार गरेको आरोप उनले लगाए । "प्रहरीले सर्वसाधारणलाई गरेको व्यवहारले हामी दुखी भएका छौ " मरिकले दुख पोखे । घरमा बसेर मोबाइलबाट तस्बिर लिने क्रममा प्रहरीले मोबाइल खोसेको समेत स्थानीयको आरोप छ । प्रहरीले गुद्री बजार खाली गरेको छ । विराटनगरमा भिड नियन्त्रणमा नेपाल प्रहरी विहानैदेखि खटिएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्