प्रदेश१ का प्रदेश प्रमुखको घोषणा ,एक महिनाको तलब कोरोना रोकथाम कोषमा दिने

प्रदेश१ का प्रदेश प्रमुखको घोषणा ,एक महिनाको तलब कोरोना रोकथाम कोषमा दिने

विराटनगर चैत ११

कोरोना भाइरसले विश्व नै आतंकित बनेको अवस्थामा नेपालमा पनि यसको रोकथाम गर्न विभिन्न प्रयास जारी रहेको छ । कोरोना नियन्त्रण गर्न विभिन्न सरकारी निकाय तथा सामाजिक व्यक्तिबाट कोरोना रोकथाम कोषमा रकम जम्मा भइरहेको छ ।

यस्तै,प्रदेश न.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी द्वारा  आफ्नो एक महिना बराबरको पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गर्नेे हुनुभएको छ । प्रेस विज्ञप्ति जारी गर्दै एक महिनाको तलब उक्त कोषमा दिने निर्णय गर्नुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्