लकडाउन उल्लङघन गर्नेलाई एक महिनासम्म कैद सजाय

लकडाउन उल्लङघन गर्नेलाई एक महिनासम्म कैद सजाय

विराटनगर । कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले मङगलबारदेखि लकडाउनको घोषणा गरेपनि आम सर्वसाधारणले यसलाई गम्भीरतापुर्वक लिएका छैनन् ।

महानगरले घोषणा विपरित बाटो र बजार क्षेत्रमा आम सर्वसाधारणहरुको चहलपहल जारी नै छ । महानगरपालिकाले चैत्र ११ देखि चैत २१ गते बिहान ६ बजेसम्मको लागि लकडाउन घोषणा गरेको थियो । महानगरले मङ्गलबारदेखि विराटनगरमा उद्योग, कलकारखाना, पसल र निजी सवारीसाधन सञ्चालन गर्न नपाईने तथा औषधी, उपचार, दुध, खानेपानी, सागसब्जी, सरसफाई र खाद्यान्न लगायतका पसलहरु भने बन्द नगरिने निर्णय गरेको थियो । यद्यपि विराटगरका कतिपय पसलहरुमा आम सर्वसाधारणहरुको भीडभाड र सडकमा चहलपहल रोकिएको छैन ।

अधिकांश पसलहरु बन्द छन भने आंशिक रुपमा केही पसलहरु अझै पनि खुल्ला नै छन । प्रशासनले कडाइ नगर्दा पहिलो दिनको लकडाउन प्रभावकारी हुन सकेको छैन । अत्यावश्यक सेवाका क्षेत्रहरु बाहेक अन्य सानातिना व्यापार व्यावसाय भने सञ्चालन भईरहेका छन । यद्यपि हाल विराटनगरमा भने अस्पताल, बैङक र पेट्रोल पम्पहरु भने सञ्चालनमा रहेका छन ।

सडकमा फाटफुट रुपमा चारचक्के सवारीसाधन सञ्चालनमा रहेकोमा मोटरसाईकल लगायतका दुई चक्के सवारी साधन भने निर्वाध चलिरहेको छ । यद्यपि यसको नियन्त्रण हुन सकेको छैन । यति मात्र हैन अति आवश्यक पर्दा मात्र घरबाट निस्कन र अरुबेला घरमै बस्न सरकारले गरेको उर्दी पनि नगरबासी पालना गरेका छैनन् ।

विराटनगर महानगरको चौक चौकमा र विभिन्न सडकहरुमा मानिसहरू बिना मास्क खुल्लमखुल्ला हिँडडुल गरिरहेका छन । यसका साथै झुण्डझुण्डमा भेला भएर गफ समेत हाँकिरहेको सजिलै भेटन सकिन्छ । यता लकडाउन उल्लङघन भएको पाइएपछि प्रहरीले विराटनगर महानगरको गुद्री बजार बन्द गराएको छ । बाक्लो आवतजावत हुने गुद्री बजारका व्यपारीहरूले सरकारी निर्देशन पालना गर्न अटेरपछि प्रहरीले बिहान ११ बजे बलप्रयोग गरेर गुद्री बजार बन्द गराएको हो ।

सरकारले लागु गराएको लकडाउन उल्लङघन गर्नेलाई एक महिनासम्म कैद सजायको व्यवस्था छ । संक्रमण रोग ऐन २०२० को दफा २ अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा खलल पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम १ महिनासम्म कैद वा १ सय रुपैयाँ जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्