लकडाउन : विराटनगर बसपार्कमा अलपत्र परे भारतबाट आएका यात्रु

लकडाउन : विराटनगर बसपार्कमा अलपत्र परे भारतबाट आएका यात्रु

विराटनगर । कैलाली–१ टीकापुर बस्ने २४ बर्षीय रामबहादुर विक विराटनगर बसपार्क मै अलपत्र परेका छन ।

सरकारले मङ्गलबारदेखि लकडाउनको घोषणा गरेपछि उनीहरु अलपत्र परेका हुन । सरकारले फैलिँदै गएको कोरोना भाईरसको सङक्रमणलाई मध्यनजर गर्दै मङ्गलबारदेखि चैत्र ११ गतेदेखि चैत्र २१ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा क्षेत्रहरु मात्रै सञ्चालनमा रहने निर्णय समेत गरेको थियो । यस्तो अवस्थामा अधिकांश यात्रुहरु ठाउँका ठाउँ अलपत्र परेका छन ।

सोही क्रममा कैलाली–१ टीकापुर बस्ने रामबहादुर बिक, खडकबहादुर नेपाली र गोरख बहादुर बिक लगायतका १० जना पनि विराटनगर बसपार्कमा अलपत्र परेका छन । उनीहरु १ महिनाअघि सेक्युरिटी गार्डको जागिरको शिलशिलामा भारतको बिहार राज्य गएका थिए । तर १ महिना काम गरेर ज्याला नपाएपछि कोरोनाको हल्ला फैलिएसँग उनीहरु जोगबनी हुँदै सोमबार बेलुका मात्रै विराटनगर फर्किएका थिए । तर विराटनगरमा पनि लकडाउनका कारणले सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाईएपछि उनीहरु अलपत्र परेका हुन ।

हामी १० जना छौं, तर होटल बस्ने पर्याप्त पैसा नभएकाले १ रात बसपार्कमै बितायौं । कैलाली–१ निवासी खडक बहादुर नेपालीले भने, “अब हामीसँग न त घर फर्किने पैसा छ, न त बास बस्ने नै, भोकै छौं के गर्ने ।”सरकारले १ हप्ताको लागी लकडाउनको घोषणा गरेको छ । सरकारले अनुमतिप्राप्त सवारी साधन, एम्बुलेन्स र शववाहन बाहेक सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाएको छ । यस्तो अवस्थामा विराटनगर महानगरपालिकाले उनीहरुको समस्यालाई पनि सम्बोद्यन गर्नुपर्ने आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्