विराटनगर चैत ११
विश्वभर देखिएको कोरोना भाइरसको महामारीका कारण विश्व नै आतंकित भएको अवस्थामा नेपालमा पनि यसको प्रभाव बढ्ने जोखिम कम गर्ने सानो पहल स्वरुप ओ.बि. मिडिया प्रालिको कार्यालय बन्द गरि घरबाटै सुचना संप्रेषण गर्ने भएको छ।
सम्पुर्ण कर्मचारीलाई घर मै ल्यापटप,क्यामेरा, इन्टरनेटका साथै आवश्यक सामाग्रीको व्यवस्था गरि समाचार सम्प्रेषण गरिने ओबि मिडियाका निर्देशक सरोज कार्कीले बताए ।
आवर विराटनगर डट नेटमा सम्पुर्ण समाचार जारी रहने उनले बताए ।