विराटनगरको रानी नाकामा भारतबाट आएका नेपाली अलपत्र परे

विराटनगरको रानी नाकामा भारतबाट आएका नेपाली अलपत्र परे

विराटनगर चैत्र ११ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेपनि जोगबनी नाकाबाट पनि मानिसहरु नेपाल प्रवेश गर्न दिइएको छैन।

उनीहरु जोगबनी नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार बिहानबाट २७ जना नाकामा राकिएका हुन् ।

कोरोनाको त्रासले भारतबाट सीमा नाकामा आइपुगेका नेपालीहरुलाई आजका  लागि मात्रै नेपाल प्रवेशको अनुमति दिने तर उनीहरु क्वारेनटाइनमा अनिवार्य बस्नुपर्ने निर्णय भएको थियो । उनीहरुलाई कुन सरकारी निकायले हेर्ने भन्नेमा समन्वय नहुदा समस्या भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्