जोगबनी सिमाक्षेत्रमा अलपत्र ४२ नेपाली नागरिकलाई क्वारेन्टाइन पठाइयो

जोगबनी सिमाक्षेत्रमा अलपत्र ४२ नेपाली नागरिकलाई क्वारेन्टाइन पठाइयो

विराटनगर १२ चैत्र
विराटनगर रानी नाकाबाट नेपाल र भारत दुबैतर्फ प्रवेशमा रोक लगाइए संगै सिमा क्षेत्रमा अलपत्र परेका ४२ नेपाली नागरिकलाई मोरङ स्थित टाडीमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा पठाएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीको अग्रसरतामा स्वास्थ्य टोली सहित सिमाक्षेत्र पुगी उनीहरुलाई क्वारेन्टाइन पठाएको हो । उनीहरुलाई गाडी रिजर्भ गरी आबश्यक मास्क ,खाने कुराको प्रबन्ध गरी पठाएको थियो । भारतका विभिन्न ठाँउबाट आएका नेपाली नागरिक सिमा क्षेत्रमा रोकिएका थिए । उनीहरुलाई नेपाल तर्फको सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोकेको थियो । आबश्यक समन्वय गरी उनीहरुलाई क्वारेन्टाइन पठाइएको मेयर पराजुलीले जानकारी दिए ।

नगरको स्वास्थ्य शुरक्षा प्रमुख दायीत्व भएको भन्दै सवै संयन्त्र प्रयोगमा ल्याइने मेयर पराजुलीले बताए । महानगरका स्वास्थ्यमहाशाखा प्रमुख रमेश कार्कीले सहमतिमै उहाहरुलाई क्वारेन्टाइनमा राखिन लागेको बताए । यसले गर्दा सवैलाई सहज हुने भन्दै सहयोगी भुमिका खेल्दिन कार्कीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्