लकडाउनको आज दोस्रो दिन ,सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

लकडाउनको आज दोस्रो दिन ,सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

कोरोना भाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।

बिहानैदेखि विराटनगरलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ ।

लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् ।

तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ ।

सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारावाही गरेको छ ।

त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले तितरबितर पारेर घर फर्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्