मोरङमा आज लकडाउन कडा : एक सय तीस सवारी साधन प्रहरीको नियन्त्रणमा

मोरङमा आज लकडाउन कडा : एक सय तीस सवारी साधन प्रहरीको नियन्त्रणमा

विराटनगर चैत्र १२ ।

(कोभिड–१९) संक्रमण विरुद्ध सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने १ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार विहान देखि अहिलेको समचार लेख्दासम्म १ सय ३० सवारी साधन नियन्त्रणमा लिइएको हो ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईका अनुसार एक सय मोटरसाइकल, १८ वटा साइकल, १० वटा टयाम्पो, सिटिरिक्सा, एक वटा कार र एक वटा भ्यान सहित एक सय तीसवटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्