विराटनगर चैत १२, प्रदेश नम्बर १ को कोरोना संक्रमित तथा अनुमानित विमारी राख्न विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई पनि प्रदेश सरकारले घोषणा गरेको छ ।
तर, अत्यावश्यक सामग्री बिना नै डाक्टर तथा नर्सले अस्पतालमा खटिनुपर्ने भएपछि यसको विरोध भएको छ ।
पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध नभएको कारण विराटनगरको कोशी अञ्चल अस्पतालमा कार्यरत नर्सहरुले विरोध गरेका छन् । उक्त सामग्री नहुदा विमारीको उपचार गर्न चुनौतीपूर्ण हुने भन्दै उक्त इक्विपमेन्टको माग गरेका हुन ।
उनिहरुले उक्त कीट उपलब्ध नगराउने हो भने काम गर्न असमर्थ रहेको भनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई निवेदन समेत दिएका छन् ।