विराटनगर चैत १२,
विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो ।
सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशिअञ्चल अस्पताल वाट शुरुवात गरिएको छ ।नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन यो कार्यक्रम फलदायी हुने मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।