विराटनगरको कोशी अस्पतालका डाक्टर आन्दोलनमा, विरामी बेडमा छटपटाउदै

विराटनगरको कोशी अस्पतालका डाक्टर आन्दोलनमा, विरामी बेडमा छटपटाउदै

प्रेम देवान
विराटनगर । मोरङको रंजनीबाट आईतबार अस्मीता मगर प्रसुती गराउन कोशी अस्पतालमा आएकी हुन् ।
१९ बर्षिया मगर विराटनगरमा रहेको कोशी अस्पतालमा विगत ४ दिनदेखी आफन्तसँग बसिररहेकी छिन् । तर उनलाई बुधबारदेखी भने अत्याधिक रक्तश्राप हुन्छ । उनलाई रेखदेख गर्न त्यहाँ नत डाक्टर भेटिन्छन् नत नर्स नै ।

उनी बसेकै बेड अगाडी नर्स स्टेसन छ तर त्यहाँ एक जना पनि नर्स भेटिदैनन् । उनी त्यहाँ छट पटाइरहेकी हुन्छिन् । उनी एक पात्र मात्र हुन् । उनी जस्तै अस्पतालको सैयामा धेरै जना प्रशुतीका लागी आएका विरामीहरु छटपटाईरहेका हुन्छन् । ती मध्ये सुनसरीको दुहवीबाट प्रशुति गराउन आएकी हुन् अर्की २२ वर्षिया भागो ऋषिदेव । उनी पनि प्रशुती गराउन आएकी हुन् । उनलाई पनि प्रशुतिको व्यर्थाले च्यापीरहेको हुन्छ । कतिबेला डाक्टर र नर्स आउछन् र उपचार हुन्छ भन्ने आशामा छिन् तर त्यहाँ सम्म नर्स नै आउछन् न त डाक्टर नै । त्यही अस्पताल भित्र एक जना महिला कर्मचारी बल्लैले भेटिन्छन् । उनले हामीसामु भन्छिन् अहिले भर्खरै सम्म डाक्टर नर्स हुुनुहुन्थ्यो तर विरामीका आफन्त भने विहानै देखी आन्दोलनमा हुनुहुन्छ भनेर जवाफ दिन्छन् । हामीले पनि केही बेर अस्पतालका डाक्टर नर्स आउछन् कि भनेर पर्खेर बस्यौ । तर त्यहाँ कोही पनि आउदैनन् । अस्पताल परिसरमा अस्पतालका डाक्टर लक्ष्मीनारायण यादव भेटिनुहुन्छ ।
उहालाई हामीले अस्पतालको बेडमा छटपटाइरहेका विरामीको बारेमा जानकारी गरार्यौ तर उहाले यस कुरालाई सामान्य रुपमा लिदै सबै स्टाफ नर्स खटिरहनु भएको छ भन्दै जवाफ दिनुहुन्छ तर उहाले भने जस्तो अस्पताल भित्र एक जना पनि नर्स थिएनन् । उहाँले तत्काल फोन गरेर त्यहा खटिने कर्मचारीलाई बोलाउनुभयो ।
फोन गरेपछि २ जना स्टाफ नर्स हतार हतार भित्र प्रवेश गर्छन् । उनीहरुलाई हामीले यस केही कुरा राख्न खोज्दा यस्तो जवाफ आयो । अस्पतालमा खटिने डाक्टर, नर्स तथा कर्मचारीले विहानैदेखी आफूहरुलाई चाहिने स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउनु पर्ने भन्दै आन्दोलनमा छन् । उनीहरुले अस्पताल प्रशासन बाहिर सामाग्री चाहिने भन्दै काम छोडेर पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट चाहिने भन्दै माग गरेका छन् । यता अस्पतालमा चेकजाँच गर्न आएका विरामीलाई डाक्टरले चेक नगरेका भन्दै गुनासो गरेका छन् । विराटनगर ९ बाट आएकी विनु तामाङ ओपिडीका डाक्टरले चेकजाँच नगरेको भन्दै गुनासो गरिन् ।

उनी जस्तै अर्का विराटनगर तिनपैनी चोकबाट आएका कुशल श्रेष्ठले पनि गुनासो उस्तै थियो । डाक्टरले उल्टै हात जोड्दै अहिले म चेक गर्न नसक्नै भन्दै जवाफ दिएको श्रेष्ठको भनाई छ । अस्पतालमा कार्यरत डाक्टर नर्स तथा कर्मचारीको आन्दोलन नभएको कोशी अस्पताल विराटनगरकी मेसु डाक्टर संगिता मिश्राले बताउनुभयो । केन्द्रबाट नै स्वास्थ्यकर्मीले ब्याक्तिगत सुरक्षाअपनाउनुपर्ने सामाग्री नआएका कारण उहाले माग राखेको मेसुले बताउनुभयो ।

यसको लागी तत्काल अहिलेका लागी लोकल ग्रामेन्टहरुसँग समन्वय गरेर प्लाष्टिकको गाउन बनाउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
तर यता टिकट काटेर पनि डाक्टरले चेक नगरेका विषयमा भने अस्पतालमा खटिएका डाक्टरले त्यसो नगरेको दावी गर्नुभयो । यदि त्यसो गरेको भेटिए कारबाही गर्ने मेसुले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्