विराटनगर लकडाउन तेस्रो दिन:प्रहरी भन्छन् “मानिसहरुलाई सम्झाउन नै गाह्रो छ, उल्टै थर्काउन खोज्छन्”

विराटनगर लकडाउन तेस्रो दिन:प्रहरी भन्छन् “मानिसहरुलाई सम्झाउन नै गाह्रो छ, उल्टै थर्काउन खोज्छन्”

विराटनगर चैत १३,

विराटनगर लगायत देशैभर जारी गरिएको लकडाउनको आज तेस्रो दिन । विराटनगरमा आजपनि विहानैदेखि प्रहरी ठाउँ ठाउँमा तैनाथ रहि लकडाउन नमान्ने सवारीसाधन तथा मानिसहरूलाई सम्झाएर घर पठाउने कार्य जारी रहेको छ ।

ठाउँठाउँमा खटिएका प्रहरीसंग अवस्था बारे जानकारी लिन खोज्दा उनिहरुले सडकमा हिड्ने मानिसहरुलाई सम्झाउन निकै कठिन परेको बताउँछन् । विराटनगरको रोडशेषमा खटिएका एक प्रहरी जवान भन्छन् "मानिसहरु निकै अटेर गरेर विभिन्न बाहाना बनाएर सडकमाा निस्कने गर्छन्, सम्झाउन खोज्दा उल्टै थर्काउने गर्छन् ।

उनका अनुसार पढेलेखेका मानिस देखिने पनि सडकमा निस्कने गरेका छन् । प्रहरीले सडकमा सवारीसाधन वा पैदल निस्कने मानिसलाई सम्झाउने तर नसम्झेको अवस्थामा सवारीसाधन नियन्त्रणमा लिएर बेलुकी छाड्ने गरेका छन् ।

विराटनगरमा सबैभन्दा धेरै मोटरसाइकलले अवैज्ञा गर्ने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्