प्रदेश नम्बर १ का प्रमुखको आग्रह : लकडाउनको पालना गरौ

प्रदेश नम्बर १ का प्रमुखको आग्रह : लकडाउनको पालना गरौ

प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले कोरोना भाईरसको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी रुपमा पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् ।

साथै प्यासीले सरकारले जारी गरेका सूचना तथा सुरक्षाका लागी अपनाइएका उपाय,निर्देशन एवम् आचारसंहिताको पूर्ण पालना गरी आफ बच्न र अरुलाई बचाउने कार्यमा आम जनसमुदायलाई सहयोग गर्न समेत अनुरोध गरे । प्रदेशवासीलाई सन्देश दिदै प्रदेश प्रमुख प्यासीले संघीय सरकारले ल्याएको लकडाउनको कार्यनीति जनताको हितमा ल्याइएको र सर्वसाधारणले आफ्नै हितमा ल्याइएको भन्दै आत्मसात गर्न आग्रह गरे ।

प्यासीले कोरोना भाईरसबाट जोगिन घरबाट बाहिर ननिस्किदिन साथै सबैले सावधानी अपनाउन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्