विराटनगरमा मेरिल्याण्डको लकडाउनमा अनलाइन कक्षा बिद्यार्थीलाई प्रभावकारी बन्दै

<span class='c1'>विराटनगरमा मेरिल्याण्डको लकडाउनमा अनलाइन</span> <span class='c2'>कक्षा बिद्यार्थीलाई प्रभावकारी बन्दै</span>

विराटनगर चैत्र १४ ,

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएका छन् ।  शैक्षिक सस्था बन्द हुदा बिद्यार्थीको पढाइमा भने असर परेको छ ।

उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेरिल्याण्ड कलेजले भने आफ्ना बिद्यार्थीको लागि अनलाइन कक्षा संचालन गरिरहेको छ  । अनलाइन कक्षा दिने उक्त कलेजको प्रयास प्रभावकारी भएको कलेज तथा बिद्यार्थीको दाबी छ ।कलेजले चैत्र ९ गतेदेखि बेलायतको विश्वबिद्यालयको साझेदारीमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको स्नातक स्तरको कक्षा  गुगल क्लास तथा ह्यांगआउटको माध्यमबाट बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित घर मै बसेर पढ्न मिल्ने व्यवस्था गरेको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए ।विषम परिस्थितिका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा बिद्यार्थीको पठनपाठन अवरुद्ध हुन नदिई बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि कलेजको प्रयासले ३ सय बढी विधार्थी लाभान्वित भएको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्