विदेश फर्किएकाबाट त्रास : विराटनगरमा पनि विदेशबाट आएका व्यक्ति खोजिदै

विदेश फर्किएकाबाट त्रास : विराटनगरमा पनि विदेशबाट आएका व्यक्ति खोजिदै

विराटनगर चैत्र १४ ,

कोरोना भाइरसको त्रास यती खेर सहर बजारदेखि गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण सबै क्षेत्र सुनसान बन्दै गएको छ । भारतीय सिमा नजिक भएको भएर विराटनगर महानगरपालिकामा पनि कोरोना भाइरसको त्रास बढिरहेको छ ।

भारतीय सिमाको कारण विराटनगरमा भारतबाट आएका धेरै व्यक्ति रहेको भन्ने शंकाका कारण विराटनगरका बासिन्दामा त्रास उत्पन्न भएको हो । वैदेशिक रोजगार गएर आएका केहि व्यक्ति सेल्फ क्वारेन्टाइन वा सरकारले घोषणा गरेको क्वारेन्टाइनमा नबसेको कारण त्रास उत्पन्न बनेको हो ।

यसै बिषयमा हामीले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीसंग कुरा गरेका थियौ , मेयर पराजुलीको अनुसार विराटनगरमा पनि विभिन्न देशबाट नेपाल आएकाहरूको लगत सङ्कलन गर्ने काम सुरु गरिएको छ । भारत सहित विदेशबाट आएका व्यक्तिको बिवरण तयार परेर उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने काम आज (शुक्रबार) बाट सुरु हुने मेयर पराजुलीले जानकारी दिए ।

कोरोना भाइरस निकै चाडो फैलने हुनाले त्यस्ता व्यक्तिले सावधानी नअपनाए कोरोनाको संक्रमण फैलन सक्ने हुदा उक्त कुरामा सम्पूर्ण नगरबासीलाई सचेत हुन पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्