पूर्वमा एनआईसीको यस्तो तयारी : ग्राहकले घरबाटै सहायता लिन सकिने

पूर्वमा एनआईसीको यस्तो तयारी : ग्राहकले घरबाटै सहायता लिन सकिने

एन.आइ.सी. एसिया बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र गुनासो सम्बोधन गर्ने गरि ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको बैंकका प्रादेशिक कार्यालय प्रमुख दिपक थापाले बताए ।

कोरोना भाइरसको संभावित संक्रमण रोक्न सरकारले देशै भरी लकडाउन गरिदिए पछि ग्राहकले घरबाट आफ्ना गुनासो राख्न सकुन भनेर ग्राहक सहायता केन्द्र संचालनमा ल्याइएको उहाँले बताउनु भयो । बैकले प्रदेश कार्यालयका साथै प्रदेश नं. १ का ६ स्थानमा ग्राहक सहायता केन्द्र संचालनमा ल्याएको हो । ग्राहक सहायता केन्द्र अन्तर्र्गत प्रादेशिक कार्यालयबाट सिमा श्रेष्ठ, निशव कार्की र तिलक दुलाललाई सम्पर्क ब्यक्ति तोकिएको छ ।

त्यस्तै बिराटनगर उप प्रादेशिक कार्यालयबाट अशिम रेग्मी र सन्देश राजभन्डारीलाई सम्पर्क ब्यक्ति तोकिएको छ । इटहरी उपप्रादेशिक कार्यालयबाट बिशाल घिमिरे र उमा श्रेष्ठलाई सम्पर्क ब्यक्ति तोकिएको छ । धरान उपप्रादेशिक कार्यालयबाट इश्वर कटवाल र अमृता श्रेष्ठ लाई, दमक उपप्रादेशिक कार्यालयबाट बिजय बिष्ट र सरोज खनाल र बिर्तामोड उपप्रादेशिक कार्यालयबाट सरोज न्यौपाने र घनश्याम घिमिरेलाइ सम्पर्क ब्यक्ति तोकिएको छ ।

लकडाउडको समयमा ग्राहकको सुविधालाई मध्येनजर गरि प्रदेश १ अन्तर्गत खुला रहेका ६४ वटा ब्त्ः बाट बैंकि सुबिधा लिने गरि ब्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्