विराटनगरमा आज लकडाउन कडा : अवज्ञा गर्ने ३५ वटा सवारी साधन नियन्त्रणमा

विराटनगरमा आज लकडाउन कडा : अवज्ञा गर्ने ३५ वटा सवारी साधन नियन्त्रणमा

चैत्र १४, विराटनगर ।

लकडाउनको आज (शुक्रबार) चौथो दिन । प्रहरीले लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोना भाइरस संक्रमण न्यूनिकरण गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने ३५ वटा सवारी प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रमुख प्रहरी निरिक्षक राकेश पोदारले जानकारी दिए । बिहान १० बजेसम्म ३५ वटा सवारी नियन्त्रणमा लिइएको हो ।

जसमा ३० वटा मोटरसाइकल, १ वटा स्कुटर, २ वटा ट्याक्टर, २ वटा भारतीय लहरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्