विराटनगरको इस्लामपुरमा प्रहरीको कडा निगरानी, बाहिर निस्कीएका सर्वसाधरण भागमभाग

विराटनगरको इस्लामपुरमा प्रहरीको कडा निगरानी, बाहिर निस्कीएका सर्वसाधरण भागमभाग

प्रेम देवान
विराटनगर । सरकारले लक डाउन गरेको चौथोदिनदेखी जिल्ला प्रहरी कार्यालय मोरङको टोली कडाईका साथ निस्कन थालेको छ ।

 


कोरोनाभाइरसको संक्रमणको जोखिमबाट बच्नको लागी सरकारले लकडाउन गरेपछि आमसर्वसाधरणलाई घर भित्रै बस्न आग्रह गरेको छ ।
तर पनि अधिकास मानिसहरु घरबाट बाहिर निस्कने आम सर्वसाधरणलाई कडाई गर्न थालेको हो ।
यसैविच शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी टोलीले विराटनगरको विभिन्न स्थानमा पुगेर आमसर्वसाधरणलाई सम्झाई बुझाई घर भित्र बस्न आग्रह गरेको छ ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक ऋषीराज ढकालको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विराटनगर १७ दशगजामा पर्ने इस्लामपुरमा पुगेर त्यहाका स्थानियलाई घरबाट ननिस्कन आग्रह गरेको छ ।
खुला बोर्डर भएका कारण अधिकास भारतिय नागरिकहरु भारतबाट आएर मादक पदार्थ सेवन र दाउरा लगायतका सामाग्री किन्न आउने गरेको थाहा पाएपछि प्रहरीले त्यहाका व्यापारीहरुलाई प्रहरीले सम्झाएको थियो ।
यता घरबाट बाहिर निस्कीएका आमसर्वसाधारण प्रहरीको टोली आएको थाहा पाउने वित्तिकै भागभाग गरेका दृष्य देखिन्थे । यसैविच स्थानियले खुला गरिएका अधिकास पसलहरु सम्झाई बुझाई बन्द गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्