लकडाउनको चौथोदिन विराटनगरको बजारमा कडा निगरानी, घर भित्रै बस्न मोरङ प्रहरीको आग्रह

लकडाउनको चौथोदिन विराटनगरको बजारमा कडा निगरानी,  घर भित्रै बस्न मोरङ प्रहरीको आग्रह

विराटनगर । सरकारले लकडाउन गरेको चौथो दिन मोरङ प्रहरीले कडा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार विराटनगरको विभिन्न स्थानमा पुगेर स्थानियलाई घर भित्र बस्न आग्रह गरेको छ ।


विराटनगर ६ स्थित सरोचियामा पनि घर बाहिर बसेका स्थानियलाई घर भित्र बस्न आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारी स्वायम फिल्ड पुगेर स्थानियलाई सम्झाई बुझाई घर भित्र नै बस्न आग्रह गर्नुभएको थियो ।


कोरोना भाइरसको संक्रमणबाट जोगिन स्थानियलाई घर भित्रै बस्न प्रहरीले आग्रह गरेको थियो । यसैविच विच विराटनगरको बजारमा पनि निगरानी बढाएको छ । पसल खोलेर बसेका र सडकमा हिड्ने आम सर्वसारणलाई घर भित्रै बस्न प्रहरीले आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्