प्रदेश नम्बर १ अपडेट :शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ,५ जनाको रिपोर्ट आउन बाकीं

<span class='c1'>प्रदेश नम्बर १ अपडेट :शंकास्पद २५ जना मध्ये</span> <span class='c2'>२० जनाको रिपोर्ट नेगेटिभ,५ जनाको रिपोर्ट आउन बाकीं</span>

विराटनगर, चैत १५ ।

प्रदेश नम्बर १ मा कोरोना भाईरसका शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ५ जनाको रिपोर्ट आउन भने बाकि नै रहेको छ । परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको छ  ।

प्रदेश नम्बर १ बाट कोशी अस्पताल विराटनगरबाट ६ जना , विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, उदयपुर अस्पताल गाईघाटबाट १ जना र मेची अस्पताल भद्रपुरबाट २ जना गरेर २५ जनाको नमूना संकलन गरी टेकुमा परीक्षणको लागि पठाइएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्