विराटनगर महानगरले बनायो लकडाउनले पिडित भएकाको लागि ‘राहत कोष’

विराटनगर महानगरले बनायो लकडाउनले पिडित भएकाको लागि ‘राहत कोष’

विराटनगर चैत्र १५ ,

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभावबाट समस्यामा परेका गरिब ,सुकुम्बासी , अति बिपन्न परिवारलाई पर्न सक्ने खाद्यान्न लगायतको समस्याको व्यस्थापन गर्ने उदेश्यले विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ ।

नगरक्षेत्रमा पर्न सक्ने संकटको व्यस्थापन गर्न उक्त राहत कोष स्थापना गरिएको विराटनगर महानगरका मेयर भिम पराजुलले जानकारी दिए । साथै उनले उक्त कोषमा सहयोगीले रकम जम्मा गरिदिन पनि आग्रह गरेका छन् ।

कृषि बिकास बैंकको खाता नम्बर ०६०१६० ११४५ ९७३०४० मा रकम जम्मा गर्न सकिने वा विराटनगर महानगरका फोकल पर्सन राजेन्द्र प्रधानले सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्