चौथो कोरोना संक्रमितसंगै आएका विराटनगरका एक युवाको परिवार क्वारेन्टाइनमा

चौथो कोरोना संक्रमितसंगै आएका विराटनगरका एक युवाको परिवार क्वारेन्टाइनमा

विराटनगर चैत्र १५  ।

नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आज क्वारेन्टाइनमा पठाइएको छ ।

उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए ।  उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको महानगरका फोकल पर्सन डा. साहिल थपलियाले जानकारी दिए ।

उक्त युवा संगै उनकी  श्रीमती र छोरीलाइ क्वारेन्टाइनमा राखिएको हो ।ऊनीहरुलाई कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्