विराटनगर १६ का जनप्रतिनिधी जनताको घरमै पुगेर साबुन र मास्क वितरण गर्दै

विराटनगर १६ का जनप्रतिनिधी जनताको घरमै पुगेर साबुन र मास्क वितरण गर्दै

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ का जनप्रतिनिधीहरु घरमै पुगेर मास्क र साबुन वितरण गरेका छन् ।


हाल विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्न वडा नम्बर नं.१६ का वडा अध्यक्ष सहितको टोलीले स्थानिय जनताको घर घरमा पुगेर हात धुने साबुन र मास्क वितरण गरेका हुन् । विराटनगरको दरैया बस्तीका अधिकास मुसहर समुदायका बालबालिका तथा वृद्धवृद्धालाई साबुन र मास्क वितरण गरिएको वडा अध्यक्ष मनोज सुब्बाले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिमबाट बच्नको लागी आफ्ना वडामा १२ सय पिस साबुन , १२ सय पिस मास्क र १२ सय प्रति पर्चाहरु वितरण गरिएको वडा अध्यक्ष सुब्बा बताउनुभयो ।

त्यसैगरी वडाका विभिन्न मुख्य चौकहरुमा चेतनामुलक सन्देश लेखिएका व्यार्नर समेत टाँगिएको थियो । साबुन र मास्क वितरण अभियानमा वडा सदस्य कमला सब्बा, सुनिता शर्मा, रिर्ता शर्मा, यज्ञकला अधिकारी, दुर्गा जोशी लगायत वडाका स्वास्थ्य स्यमसेवीकाको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्