आवर विराटनगर फलोअप : विराटनगरको फोहोर उठ्न थाल्यो,आज यी वडामा उठ्ने

आवर विराटनगर फलोअप : विराटनगरको फोहोर उठ्न थाल्यो,आज यी वडामा उठ्ने

विराटनगर चैत्र १६ ,

विराटनगर महानगर क्षेत्रमा लकडाउनको बेला घर तथा सहरका फोहोर नउठेको भनि आवर विराटनगरलाई धेरै पाठकले फोन तथा मेसेज गरेर घर तथा सहरको फोहर मैला उठेन भनि समस्या राख्नुभएको थियो ।

कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनमा अत्यावश्यक पर्ने सुबिधा चालु राख्न सरकारले भनेपनि विराटनगर महानगर भित्र फोहोर मैला उठाउने ठेक्का पाएको वेस्ट म्यानेजमेन्टले फोहोर नउठाएको भनि आएको समस्याको समधान खोज्न आवर विराटनगरले वेस्ट म्यानेजमेन्टका फिल्ड इन्चार्ज सिकन्दर मरिक संग टेलिफोन सम्पर्क गरी यस बिषयमा जिज्ञासा राखेको थियो ।

हाम्रो जिज्ञासामा उनले केहि दिन कर्मचारी कोरोनाको डरले काममा नआएको कारण विराटनगरमा फोहोर मैला उठाउने काम गर्न गाह्रो भएको बताए । "हाम्रा कर्मचारी पनि कोरोना लाग्ने डरले काममा आउन मानेका थिएनन् , अहिले केहि आउन थालेका छन् " उनले बताए ।

मरिकका अनुसार विराटनगरको फोहोरमैला आजबाट उठ्न थाल्ने गरी तयारी गरिएको छ । केहि दिन भित्रै पूर्ण रुपमा फोहोर मैला उठ्न थाल्ने उनको भनाइ छ । उनले सर्वसाधारणलाइ लकडाउनमा आफ्नो घरका फोहोर व्यवस्थितरुपमा राख्न पनि अनुरोध गरेका छन् ।

उनले दिएको जानकारी अहिले विराटनगरको वडा १२ को लागि महेन्द्र मोरंग देखि पश्चिम हुदै पंचामुखी सम्म , सगरमाथा टोल देखि पश्चिम हुदै उठाउने

वडा नम्बर ११ : दुर्गा मन्दिर चोक हुदै पिचरा

वडा नम्बर १० : कुमर्री राइस मिल एरिया र धर्मबान रोड , शान्ति चोक देखि सिदार्थ चोक सम्म , भूगोल मार्ग , सगर मार्ग , गणेश मन्दिर एरिया

वडा नम्बर ६ : तेंगीजिन मार्ग , मुक्ति मार्ग र

वडा नम्बर  ७ : रंगेली मार्ग , शिक्षा मार्ग ,

वडा नम्बर ६ : शुक्रपथ मार्ग , शिव मार्ग , पियुस मार्ग ,शुवशिक्षा मार्ग , अनामिका मार्ग ,

वडा नम्बर २ : अपूर्ण मार्ग , शान्ति मार्ग, धर्मभक्त मार्ग

वडा  नम्बर ५ :जानकी पाथ , आदर्श मार्ग , रिता मार्ग , तोडी भवन मार्ग , दिपिएस स्कुल

वडा नम्बर ४ : एयरपोर्ट लाइन , नारायण मार्ग , गोकुल टोल , यात्रा मार्ग , गगन टोल

वडा नम्बर  ३ : ज्योति मार्ग , त्रिभेनी मार्ग , पृथ्वी टोल , हिलिंग सेन्टर लाइन , सामुदायिक मार्ग , उदय मार्ग , ढाट पुर्व सडक , राजबंसी चोकबाट पुर्वको सडक

वडा नम्बर १ : भट्टा चोक , अनुकरण मार्ग , यति मार्ग , नमुना मार्ग , भीमसेन मार्ग

यता ,विराटनगर बजारको लागि ८ वटा गाडी तयार गरिएको छ । यस्तै ,जोगबनीको लागि ६ वटा गाडी र ८ वटा रिक्सा तयार गरिएको छ ।

विराटनगरको फोहोर केहि दिनदेखि नउठ्दा डेंगु, मलेरिया जस्ता रोग फैलन सक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्