विराटनगरको नोबेल अस्पतालमा स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध गराइयो

विराटनगरको नोबेल अस्पतालमा स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध गराइयो

विराटनगर।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो ।

संक्रमण फैलिरहेका बेला उपचारमा खटिने सबै डाक्टर, नर्श र स्वास्थ्य प्राबिधिकहरुलाई पीपीई उपलब्ध गराईएको अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिममा हुँने र स्वास्थ्यकर्मीबाट पनि बिरामीमा संक्रमण फैलन सक्ने हुँनाले जोखिम न्यूनिकरणका लागि पीपीईको व्यवस्था मिलाएका हौं ।’ डा.शर्माले भने ‘तत्कालका लागि २ सय २५ थान पीपीई ल्याएका छौ । आवश्यकता अनुसार अझै थप गर्छौ ।’

सरकारले सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाईसमेत पर्याप्त पीपीई उपलब्ध गराउन नसकिरहेका बेला नोबेलले स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो । उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाकवज उपलब्ध गराउने नोबेल पूर्वी नेपालको पहिलो अस्पताल हो । मुलुकमा कोरोना संक्रमित बिरामीको संख्या बृद्धि भएर जोखिम बढ्दै गएको अवस्थामा सबै स्वास्थ्यकर्मीले पीपीई लगाएर उपचारमा खटिन पाउँदा जोखिम न्यूनिकरण भई आत्मावल बढेको नोबेलको आकस्मिक कक्षका इन्चार्ज डा.अमित अग्रहरी बताउँछन् ।

 

बिभिन्न देशमा उपचारमा खटिएका स्वास्थ्यकर्मीनै कोरोना संक्रमित भई ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेलले स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराएर उनीहरुको मनोबल बढाउने उदाहरणीय काम गरेको हो । जसका कारण स्वास्थ्यकर्मीले पनि सुरक्षित महसुस गरेका छन भने स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलनसक्ने जोखिम पनि न्यूनीकरण भएको छ ।

त्यस्तैगरी नोबेलले उच्च ज्वरो आएका तथा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको परीक्षणका लागि आकस्मिक कक्ष नजिक बेग्लै उपचार कक्ष पनि निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्