विराटनगरमा सांसद केदार कार्किकाे पहलमा गरिब परिवारलाई सहयोग

विराटनगरमा सांसद केदार कार्किकाे पहलमा गरिब परिवारलाई सहयोग

विराटनगर चैत्र १७,

कोभिड १९ बाट निम्तिएको विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको अवस्था छ । यति बेला दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्नेहरुको दैनिक गुजारामा बज्रपात नै भएको छ ।

यस्ता वर्गलाई मध्यनजर गर्दै सरकारले तत्काल घोषणा गर्नु पर्ने राहतको प्याकेज अझै घोषणा गर्न सकेको छैन । ग्राउन्ड जीरोमा कयौं परिवार भोकै बस्नु पर्ने बाध्यतालाई बुझेर केहि सामाजिक अभियन्ताको समुह उनीहरुको लागि दुइ छाक खाना जोहो गर्ने कार्यमा लागेको छ ।

विराटनगरमा  सामाजिक अभियन्ताहरुमा संजिब चापागाई , अनुप सापकोटा, अक्षय सहनीलगायतका युवाहरुको समुह यो कार्यमा लागि परेका छन । प्रदेस नं १ का नेपाली काङ्ग्रेसका प्रमुख सचेतक माननीय केदार कार्किकाे पहलमा उनको क्षेत्रमा खाधान्न सामान बितरण भएको हो । यो अभियान निरन्तर जारी रहने सचेतक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्