विराटनगरबाट कालोबजारीमा बरामद गरिएका मास्क स्वास्थ्यकर्मीलाई वितरण

विराटनगरबाट कालोबजारीमा बरामद गरिएका मास्क स्वास्थ्यकर्मीलाई वितरण

विराटनगर । गत चैत ९ गते विराटनगरबाट कालोबजारी गर्नेहरुबाट बरामद गरिएको मास्क विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिरहेको छ ।
विराटनगर महानगरपालीकाको नेतृत्वमा खटिएको अनुगमनको टोलीले विराटनगर–९ घोघापुलस्थित श्री सर्जीइम्पेक्सबाट ११ हजार थान बढि सर्जिकल मास्क र सेनिटाईजर बरामद गरेको थियो ।

अनुगमन टोलीले नै मास्कको थाक मुल्य दुई रुपैयाँ ५० पैसा तोकी सो बराबरको धरौटी विराटनगर महानगरपालिकालाई राख्न लगाएर मास्क वितरण गर्ने निर्णय गरेको थियो । औषधी तथा सर्जिकल सामग्रीको थोक विक्रेता संचालक राजेश अग्रवाल भने प्रहरी हिरासतमा छन् । कालोबजारी ऐन अन्तरगत उनलाई मुद्दा चलाइएको हो । उनलाई तत्कालै तीन लाख रुपैयाँ जरिवाना पनि गरेको थियो ।

बरामद मास्क भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना भाइरसविरुद्ध फ्रन्टलाइनमा बसेर काम गर्नुपर्नेहरुलाई वितरण गर्ने गरेको महानगरका प्रमुख कार्यकारी अधिकृत इन्द्रमणि पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्