विराटनगर १० का वडा अध्यक्षले झुटो बोलेको भन्दै स्थानियद्धारा वडा कार्यालय घेराउ

विराटनगर १० का वडा अध्यक्षले झुटो बोलेको भन्दै स्थानियद्धारा वडा कार्यालय घेराउ

विराटनगर । विराटनगर महानगरपालीकाका वडा नम्बर १० का स्थानियवासीले वडा कार्यालय घेराउ गरेका छन् ।
वडा अध्यक्ष माधवराज वाग्लेले एक सञ्चारमाध्यममा आफ्ना जनतालाई मास्क र सेनिटाइजर निशुल्क वितरण गरेको भनेर दिएको अभिव्यक्ति झुटो भएको भन्दै स्थानियले मंगलबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए ।


विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट बच्नको लागी अहिले महानगरका प्रत्येक वडाले मास्क र सेनिटाइजर निशुल्क रुपमा वितरण गरिरहेका छन् । यसैक्रममा विराटनगर महानगरपालीका १० नम्बर वडा कार्यालयले पनि मास्क र सेनिटाइजर वितरण गरेकोबारे वडा अध्यक्षले एक टेलिभिजनमा दिएको अन्तरर्वातामा झुट बोलेको भन्दै स्थानियले वडा कार्यालय घेराउ गरेका हुन् ।


विराटनगर वडा नम्बर १० का ३५ सय घरधुरीलाई मास्क , सेनिटाईजर  वितरण गरेको छु भनेर वडा अध्यक्षले अन्तरर्वातामा बोलेका थिए । उनले आफ्ना वडाका ३५ सय घरधुरीलाई ६ हजार थान मास्क वितरण गरेको भनेर सञ्चारमाध्यममा बोलेका थिए ।। तर स्थानियले मास्क मात्र पाएको र सावुन कसैले पनि नपाएको स्थानिय उत्तम श्रेष्ठले गुनासो पोखे । यता कार्यालयका वडा सदस्य विजय दाहालले पनि मास्क मात्र वितरण गरेको बताए ।
यता दैनिकी ज्याला मजदुरी गरेर जिवीको पार्जन गर्दै आएका मजदुरीलाई वडा कार्यालले राहत वितरण गर्नुपर्ने भन्दै आक्रोस पोखेका थिए । सरकारले लकडाउन गरेको आज आठौ दिन पुगेको छ । यद्यपी स्थानियलेवासीले लकडाउनको कुनै प्रभाह नगरी स्थानियवासी वडा कार्यालय घेराउ गर्न पुगेका थिए । यस विषयमा जानकारी लिन वडा अध्यक्ष माधवराज वाग्लेसँग हामीले बारम्बार फोनमा सम्र्पक गर्दा उहाँको फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्