विराटनगरमा प्रदेश एक कै नमुना आईसोलेसन सहितको अस्पतालको काम युद्ध स्तरमा

विराटनगरमा प्रदेश एक कै नमुना आईसोलेसन सहितको अस्पतालको काम युद्ध स्तरमा

विराटनगर । विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा निर्माण हुँदै गरेको आइसुलेसन अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

गत चैत्र ८ गते शनिबारबाट अस्पतालको निर्माण कार्य सुरु भएको कोरोना भाईरस (कोभिड, १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ को मुख्य मन्त्री तथा मन्त्री परिषदको निर्णय अनुसार नेशनल ट्रडिङको भवनलाई आइसुलेसन अस्पताल निर्माण कार्य शुरु गर्ने निर्णय भएको थियो ।

सोहि निर्णय अनुसार ५० शैया क्षमता मध्ये १० वटा बेड भेन्टिलेटर सहितको अस्पताल निर्माण कार्य तिव्रगतिमा भइरहेको र अबको २ दिन भित्र अस्पताल निर्माण कार्य सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।
निर्माणाधिन अवस्थामा रहेको सो अस्पताल कोरोना संक्रमित बिरामीहरुका लागि प्रदेश नम्बर १ कै नमुना अस्पताल रहेको मन्त्री घिमिरेको दावी छ । अस्पतालमा चिकित्सकले बिरामी कक्षभित्र गइरहन नपर्ने सिसि टिभिबाट नै विरामीको निगरानी गर्ने र विरामीले पनि आफ्नो कुरा चिकित्सकलाई संचार माध्यमबाट नै संचालीत गर्ने प्रणालीको विकास गरेको मन्त्री घिमिरले बताउनुभयो ।

मंगलबार बेलुकासम्ममा घर भित्रका मर्मतसम्हार, विद्युत जडान, एसी जडान, पानी लगायतका प्राविधिक पक्ष समापन गर्ने, बुधबार र बिहिबार आन्तरीक सरसफाई गरेर अस्पताल संचालनमा ल्याउने मन्त्री घिमिरेको भनाई छ।
आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार गर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्