रिपोर्टिङमा खटिने विराटनगरका पत्रकारहरुलाई माक्स र सेनेटाइजर

रिपोर्टिङमा खटिने विराटनगरका पत्रकारहरुलाई माक्स र सेनेटाइजर

विराटनगर । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिमबाट बच्नको लागी दैनिकीरुपमा रिपोर्टिङमा खटिने पत्रकारहरुलाई मास्क सेनिटाईजर वितरण गरिएको छ ।

समाजवादी पार्टीका मोरंग जिल्ला नगरका कार्यवाहक अध्यक्ष  मोहम्द नशरूलले सेफ्टी जैकेट, माक्स् ,पंजा र सेनिटाईजर विराटनगरका संञ्चारकर्मीलाई वितरण गरेका हुन् ।
कोरोना भाईरसको संक्रमणबाट बच्न र स्थलगत रिपोर्टिङ आदी कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फिल्डमा खटिनु पर्ने भएकोले पत्रकारहरुलाई अनिवार्य सेफ्टी जैकेट,पंजा, सेनीटाईजर र माक्स आवश्याक पर्ने भएकोले उक्त सामग्री हस्तांतरण गरिएको युवा नेता नशरूलले वताएका छन् ।

उनले सोमवार मात्र मोरंग जिल्ला ट्राफिक प्रमुखलाई डिउटीमा खटिएका ट्राफिक प्रहरीसुरक्षाकर्मीहरुलाई पनि माक्स, सेनीटाईजर, पन्जा हस्तान्तरण गरिएको थियो । सेनीटाईजर, माक्स, पन्जा हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरंग शाखाका उपाध्यक्ष कुमोद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्