विराटनगरमा राहत संकलन : मेयर पराजुलीले गुहारे संघीय र प्रदेश संसद

विराटनगरमा राहत संकलन : मेयर पराजुलीले गुहारे संघीय र प्रदेश संसद

विराटनगर चैत १९,

वास्तविक हकदारको लगत संकलनमा ईमान्दारिता देखाउन विराटनगरका १९ सै वडाका निर्वाचित जनप्रतिनिधिहरुलाई दवाव दिन मेयर भीम पराजुलीले संघीय सांसद र प्रदेश मन्त्री एवं सभासदलाई गुहारेका छन् ।

विराटनगर महानगरपालिकामा मंगलबार आयोजना गरिएको राहत सामाग्री वितरणका लागि गरिब, निमुखा र असाहयको लगत संकलन विषयक छलफलमा संघीय सांसद अमनलाल मोदी, प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सभासद केदार कार्की, जयराम यादव, बिन्दीया कार्की, बसन्तीदेवी यादव, मेयर पराजुली र उपमेयर इन्दिरा कार्की लगायतको सहभागिता रह्यो । छलफलमा मेयर पराजुलीले महानगरपालिकाले आन्तरिक विपद कोष स्थापना गरेको र कोषमा १ करोड ३० लाख जम्मा भएको बताए । उनले कोही कोरोनाले मर्नुभन्दा भोकमरीले नमरोस् भनेर कोषको रकमबाट खाध्यान्नको जोहो गरेको बताए । मेयर पराजुलीले वडा स्तरीय विपद समितिले प्रत्येक वडामा वडा अध्यछको नेतृत्वमा सुकुम्बासी, गरिब, निमुखा, असाहयको लगत जारी रहेको बताए । मेयर पराजुलीले निर्वाचित जनप्रतिनिधिले लगत संकलनको क्रममा यो रिसाउने कि त्यो रिसाउने भनेर खाध्यान्न किनेर खान सक्ने मानिसको पनि लगत संकलन गरे राहत बाढ्न नसकिने भन्दै वास्तविक हकदारको मात्रै लगत संकलन गर्न कडा निर्देशन दिन संघीय सांसद मोदी, मन्त्री घिमिरे, सभासद कार्की र यादवद्वयलाई अनुरोध गरे ।

सभासद जयराम यादवले मधेशी मूलका केहि मानिसहरु जनचेतना, स्वभाव र प्रकृति अनुसार लकडाउनमा घरैभित्र बस्न नमानेकाले सेना परिचालन गर्नु पर्ने बताए । उनले ज्यालादारी, मजदुर, विपन्न वर्गलाई सर्वपछीय समिति बनाएर एकद्वार प्रणाली मार्फत जिन्सी र खाध्यान्न वितरण गर्नु पर्नेमा जोड दिए । सभासद केदार कार्कीले अन्य देशले लकडाउनसँगै समस्याको सम्बोधन गरेको तर नेपालमा संघीय र प्रदेश सरकार राहत सम्बोधनमा उदासिन बनेको आरोप लगाए । लकडाउनले घरैमा थुनिएर बसेका बेसहाराहरुको भोकलाई आजैबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए । सभासद कार्कीले राहत वितरणमा नगर प्रहरी र स्थानिय प्रशासनको प्रयोग गर्नु पर्ने बताए । सभासद बिन्दीया कार्कीले तत्कालै राहत वितरण नगरे ठूलो दुर्घटना हुनेतर्फ सचेत गराईन् ।

संघीय सांसद अमनलाल मोदीले कोरोना विरुद्धको लडाईमा कुनै नीतिगत व्यवधान भए सबै मिलेर फुकाउनु पर्ने बताए । उनले साँचो तथ्याँकलाई जनतासँग प्रमाणीकरण गरी जतिसक्दो चाँडो राहत वितरण गर्नु पर्ने बताए। प्रदेश सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण विश्वव्यापी समस्या भएकोले एकिकृत हिसाबले परास्त गर्नु पर्ने बताए ।

उनले यो समय जस अपजसको नभएकोले सकेसम्म तीनै तह समन्वय गरेर जानुपर्ने बताए । मन्त्री घिमिरेले सित्तैमा पाईने भए जो सुकै लाईन लाग्ने भन्दै राहत वितरण सजिलो नभएको जिकिर गरे । उनले सामर्थ्यको आधारमा प्राथमिकताको पहिचान स्थानिय पालिकाले मात्र गर्ने हुँदा राहत वितरण वडा तहमै गरिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्